१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सिवाईसी नेपाल लघुवित्तकाे आईपीओ बिहीबार बाँडफाँट हुने


१४ वैशाख, काठमाडाैँ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको आईपीओ बिहीबार बाँडफाँट हुने भएकाे छ । प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको केन्द्रिय कार्यालय नक्शालमा बिहान ९ बजे कम्पनीकाे आईपीओ बिक्री हुने भएको छ ।

कम्पनीले वैशाख २ गतेदेखि ६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३ करोड ९५ लाख ६६ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीकाे आईपीओमा २२ लाख ७७ हजार ७ सय ४३ जना लगानीकर्ताले २ करोड ५६ लाख ८८ हजार ४ सय ५० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि छुट्याइएको भन्दा ६९.५२ गुणा धेरै हो । कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेकाे हुनाले गाेलाप्रथाबाट बाँडफाँट हुने छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार १३:३८