४ बैशाख २०८१, मंगलवार | Wed Apr 17 2024

सिन्धुलीमा कांग्रेस माओवादीलाई अर्को घाटा, तिनपाटनका अध्यक्षको उम्मेदवारी खारेज हुने


१४ वैशाख, सिन्धुली । माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनबाट तीनपाटन गाउँपालिमा अध्यक्ष पदको उम्मेदवार बनेका कर्णबहादुर थापामगरविरुद्ध मंगलबार उजुरी परेको छ । उम्मेदवार थापा कन्ट्रक्सन सर्भिसको प्रोपाइटर रहेको पाईएपछि उजुरी परेको हो । थापाको उम्मेदवारी खारेजीको माग गर्दै अध्यक्षका प्रत्यासी छत्रबहादुर दाहालले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका हुन ।

थापा २०७४ सालमा नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन् । आफु पदमा बाहल हुँदा आफैँले आफैँलाई ठेक्का स्वीकृत गराई गाउँपालिकामा हाल पनि निर्माणको काम गरि रहेको पाइएको भन्दै दाहालले उजुरी दर्ता गराएका हुन । थापा प्रोपाइटर भएको खाता राष्ट्रिय बाणिज्य बैंक सिन्धुली, प्राइम बैक सिन्धुली शाखा र बैंक आफ काठमाण्डौं चकमके शाखामा खाता सञ्चालन गरि हाल पनि कारोबार गरि रहेको उजुरीमा उल्लेख गरिएको छ ।

आयोगले जारी गरेको निर्देशिका अनुसार ठेक्कापट्टा वा चल अचल सम्पत्ति सम्बन्धी व्यवहारमा संलग्न व्यक्ति उम्मेदवार बन्न नपाउने उल्लेख गरिएको छ । ‘कुनै स्थानीय तहको ठेक्कापट्टा वा चल अचल सम्पत्ति सम्बन्धी व्यवहारमा संलग्न नरहेको’ निर्देशिकामा भनिएको छ । थापाले सम्बन्धित गाउँपालिकाको उम्मेदवार भएर सम्बन्धित पालिकामा नै ठेक्कापट्टा गर्दै आएका छन् ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा असहमति जनाउँदै परेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको एकल इजलाशले वैशाख ५ गते सम्बन्धित पालिका बाहेक अन्य ठाउँको ठेक्का लिएका व्यक्तिलाई स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुनबाट नरोक्न आदेश दिएको थियो । थापाको सम्बन्धित तहमै ठेक्का भएका कारण उनी उम्मेदवार हुन अयोग्य देखिएका छन । निर्वाचन आयोगमा सत्तागठबन्धनको प्रभाव नपरेको खण्डमा थापाको उम्मेदवारी खारेज हुने मुख्य निर्वाचनको अधिकृतका कार्यालयका एक अधिकृतले बताए ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार ०९:२३