१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नुवाकोटको दुप्चेश्वर गाउँपालिका अध्यक्ष तामाङ कांग्रेस परित्याग गरेर एमाले प्रवेश


१२ वैशाख, नुवाकोट । नेपाली कांग्रेसबाट नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका नेता योविन्द्रसिंह तामाङले पार्टी परित्याग गरेका छन । तामाङसहित कांग्रेसको गाँउ कमिटीका सभापति सुशील खड्कासहितका अन्य नेताले पनि पार्टी परित्याग गरेका छन् । कांग्रेसले गलत निर्णय गरेको भन्दै उनीहरूले पार्टी परित्याग गरेका हुन ।

कांग्रेस परित्याग गरेका उनिहरू नेकपा एमाले प्रवेश गरेका छन् । तामाङसहित, प्रदेश १ क सभापति सुशील खड्का, दुप्चेश्वर १ का वडा अध्यक्ष सुन बहादुर तामाङ, तरुण दल क्षेत्रीय कोषाध्यक्ष कृष्ण बहादुर स्याङतान साेमबार च्यासलस्थित एमाले बाग्मती प्रदेश कार्यालयमा गएर पार्टी प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्यद्धय काशिनाथ अधिकारी र डा राजन भट्टराई, बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डे, सदस्य बलराम आचार्य, जिल्ला कमिटी अध्यक्ष बद्री मैनाली, उपसचिव निलकण्ठ आचार्य लगायतले उनीहरुलाई स्वागत गरेका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार १२:३४