८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

ला लिगाको नयाँ सिजनमा मेसीको कप्तानीमा मैदान उत्रिएको बार्सिलोनाको सुखद सुरूवात


३ भदौ, काठमाडौं । मेसीको कप्तानीमा मैदान उत्रिएको बार्सिलोनाले एलाभेसलाई ३-० ले हराउँदै ला लिगाको नयाँ सिजनमा प्रभावशाली जित निकाल्दै सुखद सुरुआत गरेको । बार्सिलोनाको जितमा मेस्सीले दुई गोल गरे ।

अर्को एक गोल फिलिप कोन्टिन्होले गरे । पहिलो हाफमा एक गोल पनि गर्न नसकेको बार्सिलोनाले तीनवटै गोल दोस्रो हाफमा गर्न सफल भएकाे थियो । मेस्सीले ६४ औं मिनेटमा गोल गरेर सुरुआती अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा मैदान छिरेका कोन्टिन्होले ८३ औं मिनेटमा गोल गरेर अग्रता दोब्बर बनाए । उन्जुरी समयको दोस्रो मिनेटमा पुनः मेस्सीले नै अर्को गोल थपेपछि बार्सिलोना ३-० ले विजयी भएको हो ।

प्रकाशित मिति : ३ भाद्र २०७५, आईतवार ०८:२८