८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मन्त्रिपरिषद्का एजेण्डा निर्णय पूर्व नै देउवाकहाँ पुर्याएपछि मुख्यसचिव रेग्मीलार्इ बर्खास्त गर्ने तयारी


३ भदाै, काठमाडाैँ । मन्त्रिपरिषद्का एजेण्डा निर्णय पूर्व नै कांग्रेस सभापति शेरबहादुर देउवाकहाँ पुर्याएपछि मुख्यसचिव लोकदर्शन रेग्मीलार्इ हटाउने तयारी भएको छ । उनी वर्तमान सरकारलार्इ असफल पार्नका निम्ति दिलोज्यान दिएर लागेको बुझिएको छ ।

उनले प्रधानमन्त्री र मन्त्रीपरिषद्को निर्णय कार्यान्वयनमा मात्रै होइन कर्मचारी समायोजनमा समेत बाधा सिर्जना गरेर बसेका छन । रेग्मीकै कारण कर्मचारी समायोजन अलपत्र परेको छ । कर्मचारी प्रशानको मुख्यव्यक्ति नै समस्या सुल्झाउनेमा भन्दा बल्झाउनेमा लागेकाे एक सचिवले बताएका छन ।

रेग्मीले सुरूदेखि नै प्रधानमन्त्रीको निर्देशन र मन्त्रिपरिषदका निर्णयसमेत करबल मात्रै कार्यान्वयन गर्न खोजेका छन अन्यथा निर्णय कार्यान्वयन र निर्देशन कार्यान्वयनमा उनले पहलकदमी नलिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक सहसचिवले दैनिकीलार्इ जानकारी दिए ।

रेग्मीसँग कुनै पनि मन्त्री समेत सन्तुष्ट छैनन । प्रधानमन्त्रीका एक सल्लाहकार र एक स्वकिय बाहेक रेग्मीसँग कोही सन्तुष्ट छैनन । यसको  रिपोर्टिङ प्रधानमन्त्री केपी शर्मा अोलीलार्इ समेत भएको छ र उनलार्इ तत्काल बर्खास्त गर्न दबाब परेको छ । रेग्मी माथि मन्त्रिपरिषद बैठकका एजेण्डासमेत विपक्षी दलका नेता देउवाकहाँ पुर्‍याएको गम्भीर आरोप छ।

प्रकाशित मिति : ३ भाद्र २०७५, आईतवार ०८:२०