१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

प्रदेश २ मा विकासका असाधारण सम्भावना छः प्रधानमन्त्री अोली


२ भदाै, जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ मा विकासका असाधारण सम्भावनाहरु रहेको बताएका छन । शनिबार प्रदेश नम्बर २ को प्रदेशसभालार्इ सम्बोधन गर्दै प्रधानमन्त्री अोलीले प्रदेश २ को विकासको लागि केन्द्र र संघीय सरकार चिन्तित रहेको बताएका छन ।

प्रधानमन्त्री अोलीले भने ‘यहाँको जमिनहरुमा सिँचाईको व्यवस्था र कृषिलाई आधुनिकीकरण गर्न सके प्रदेश २ लाई मात्र पुग्ने होइन चार गुणभन्दा बढी अन्न उत्पादन हुन्छ ।’ प्रदेश २ मा अन्न उत्पादन बढाउन सिंचाईको योजना सुनसरी मिरन कमला डाइभर्सन योजना, चुरेक्षेत्रमा ठूला ठूला बाँध बनाएर सिंचाईको व्यवस्थापन गर्न प्रधानमन्त्री ओलीको भनाई छ ।

संविधानप्रतिकाे असन्तुष्टिको विषयमा प्रधानमन्त्री ओलीले संविधान गतिशील दस्तावेज भएको भन्दै जनताको चाहना अनुसार संशोधन हुने बताउनुभयो । उहाँले प्रदेश सांसदहरुलाई सम्बोधन गर्दै भन्नुभयो, ‘तपार्इ‌ंहरुलाई संविधानमा विभेद छ भन्ने लागेको छ भने भन्नुस्, हामी संशोधन गर्छौं । हामी पहिलादेखि नै विभेदविरुद्ध लड्दै आएका छौं ।’

प्रधानमन्त्री ओलीले प्रदेश नं. २ गौरवपूर्ण इतिहास बोकेको पवित्र भूमि भएको चर्चा गर्नुभयो । उहाँले प्रदेश २ को चर्चा गर्दै भन्नुभयो, ‘पहिला ज्ञात भूमि र ज्ञानको ज्योति बल्ने यस स्थानमा महिलाहरुको सम्मान हुन्थ्यो, तर हाल महिलाहरुको अपमान गर्ने कार्यहरु भइरहेको छ ।’

प्रकाशित मिति : २ भाद्र २०७५, शनिबार १४:१५