७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

अर्जुननरसिंह केसीका पूर्व स्वकीयसचिव जनकराज ढुंगानाद्धारा कांग्रेस परित्याग


९ वैशाख, काठमाडाैँ । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीका पूर्व स्वकीयसचिव जनकराज ढुंगाना (कालु)ले नेपाली कांग्रेस परित्यागको घोषणा गरेका छन । कामको शिलशिलामा हाल अमेरिकामा रहेका ढुंगानाले नेपाली समय अनुसार शुक्रबार बिहानै सामाजिक सञ्चाल मार्फत उनले एक दशकको नेपाली कांग्रेससँगको नाता तोडेको बताएका छन ।

१४ औँ महाधिवेशनपछि जिल्ला सभापति रमेशकुमार महत समूहले फरक विचार समूहका नेता, कार्यकर्तामाथि कात्लेआमको नीति लिएर एकोहोरो पेलिरहेको समयमा ढुंगानाको पार्टी परित्यागलाई अर्थपूर्ण रूपमा हेरिएको छ । चर्चित बालसेना ढुंगाना २०७० को चुनावमा नेपाली कांग्रेसमात्र प्रवेश गरेका थिएनन् उनले केसीलाई त्यसबेला नुवाकोटको क्षेत्र नम्बर २ बाट चुनाव जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

उनले अमेरिकाबाटै जिल्ला सभापति रमेश महतलाई आफ्नो क्रियाशिल सदस्यता खारेज गर्न अनुरोध गरेका छन । २०७० सालमा कांग्रेस प्रवेश गर्नुअघि ढुंगाना नेकपा माओवादी केन्द्रको जिल्ला कमिटी सदस्य एवं अखिल क्रान्तिकारी नुवाकोटको उपाध्यक्ष रहेका थिए । ढुंगानाले कांग्रेस प्रवेश गरेपछि पाँच वर्ष नेता केसीको सचिवालयमा काम गरेका थिए ।

ढुंगानाले दैनिकीसँग कुरा गर्दै कांग्रेस गुटका कारण समाप्त हुने चरणमा पुगेको र विचारमा विचलित भएको बताएका छन । पदप्राप्ति र सत्ता लिप्सामा कांग्रेस डुबेकाले लोकतन्त्रको रक्षा गर्न नसक्ने निष्कर्ष ढुंगानाले निकालेका छन । ढुंगानाले सामाजिक सञ्जालमा गरेको टिप्पणी तल हेर्न सक्नुहुन्छ ।

आज मिति २०७९ बैसाख ९ गते का मिति देखि म जनकराज ढुंगाना (कालु) नेपालि कांग्रेस को क्रियाशील सदस्यता त्याग गरि राजिनामा दिएको घोषणा गर्दछु नेपाली कांग्रेस संग को यो नौ बर्ष को अनुभब ले मलाई झन स्पात बनाएको छ. ! पार्टी भित्र रहदा समग्र रुप बाट अभिभाबक को भूमिका निर्बाह गरिदिनु हुने आदरणीय नेता अर्जुन नरसिंह केसी लाइ धेरै धेरै धन्यबाद दिदै मलाई कांग्रेस भित्र रहदा चुनौती को रुप मा लिने समग्र कार्यकर्ता सहपाठी साथीहरु लाइ आन्तारिक् खेल मैदान छोडिदिएको छु राम्रो संग खेल्नु होला ! समग्र रुप मा म लोकतन्त्र को रक्षा को लागि मेरो जिबन लाइ राजनीति मा नै समर्पित गर्ने छु ! आगे समय को माग अनुसार हुने छ !
आदरणीय पार्टी सभापति रमेश महत ज्यु, यहि सूचना लाइ आधार मानि क्रियासिल सदस्यता खारेजी गरिदिनु होला धन्यबाद जय नेपाल !

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार ०८:२९