१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

नेकपा नुवाकोटमा पूर्व एमाले र पूर्व माअोवादीबाट सिफारिस सदस्यको नाम सार्वजनिक (सूचीसहित)


२ भदाै, नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी नेकपाको जिल्ला एकीरकणको काम नुवाकोटमा पनि करिब सकिएको छ । तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माअाेवादीका तर्फबाट जिल्ला कमिटीमा रहनेको सूची सर्वसम्मत रूपमा तयार पारिएको छ । पूर्व एमाले र पूर्व माअोवादीकाे जिल्ला कमिटीले छुट्टाछुट्टै रूपमा सूची तयार गरेर एकता कार्यदलमा बुझाएका छन ।

पूर्व माअोवादीले केन्द्रीय सहमति अनुसार नुवाकोटको नेतृत्व अाफूहरूले पाए पुष्प लामिछाने अध्यक्ष हुने भनेर पनि सिफारिस गरेको छ । यता पूर्व एमालेबाट भने अध्यक्षको अाकांक्षी तीन जना देखिएका छन । पूर्व पार्टी प्रमुख राजेन्द्रप्रकाश लोहनी, पूर्व उपाध्यक्ष विन्दा ढुंगाना र पार्टीको पूर्व राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य रामशरण प्याकुरेल रहेका छन । राजेन्द्र लोहनी निकटका कार्यकर्ताले उनी निर्विकल्प अध्यक्ष भनेर प्रचार गरिरहेको समयमा ढुंगाना र प्याकुरेलको पनि सशक्त दाबेदारी प्रस्तुत भएको छ ।

त्यस्तै पूर्व माअोवादीले अध्यक्ष पाउने सूचना अाफूले पाएको भन्दै केही दिनअघिसम्म अध्यक्षको रेसमा रहेका विदुर नगरपालिकाका पूर्व मेयर ठाकुर गजुरेल सचिवको दाैडमा लागेका छन । उनीसँगै सचिवको दाैडमा वर्तमान सचिव बुद्धि प्रधान र पूर्व सचिव वासुदेव कडुवालले अाफ्नो दाबेदारी प्रस्तुत गरेका छन ।

नुवाकोटको नेतृत्व कसले पाउने भन्ने अझै निश्चित नभएका कारण नेतृत्वमा को अाउँछन भन्ने यकिन भएको छैन । जिल्ला सदस्यमा सिफारिस भएका सदस्यहरूको पनि सूची दैनिकीले प्राप्त गरेको छ । जसमा पूर्व एमालेबाट ७४ र पूर्व माअोवादीबाट ७१ जनाको नाम सिफारिस भएको छ । सहमति अनुसार नुवाकोटमा १४५ सदस्यीय जिल्ला कमिटी बन्नेछ ।

पूर्व एमालेबाट जिल्ला कमिटीको सदस्यको सिफारिसमा पर्नेहरूको सूची यस्तो रहेको छ । 

पूर्व माअोवादीबाट जिल्ला कमिटीको सदस्यको सिफारिसमा पर्नेहरूको सूची यस्तो रहेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७५, शनिबार ०७:५७