६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

सिभिल लघुवित्तको नाफासँगै ब्याज आम्दानी ५०.९१ प्रतिशतले बढ्यो


८ वैशाख, काठमाडौँ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९.६२ प्रतिशत बढेर ५ करोड २८ लाख १८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ४ करोड ८१ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ९ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी ५०.९१ प्रतिशत बढेर १७ करोड ६४ लाख ७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ११ करोड ६८ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ५२.०७ प्रतिशत बढेर २४ करोड ४२ लाख ३४ हजार रुपैयाँ र सञ्चालन मुनाफा १५.३८ प्रतिशत बढेर ८ करोड १३ लाख ७९ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २३.१६ प्रतिशत बढेर २८ करोड ८१ लाख २४ हजार रुपैयाँ, जगेडा कोष ९.२४ प्रतिशत बढेर १२ करोड ३३ लाख २६ हजार रुपैयाँ, सापटी १०१.३४ प्रतिशत बढेर २ अर्ब ५९ करोड ६६ लाख ५० हजार रुपैयाँ, निक्षेप ६२.०८ प्रतिशत बढेर ९३ करोड १४ लाख ५४ हजार रुपैयाँ र कर्जा ८०.४५ प्रतिशत बढेर ३ अर्ब ९८ करोड ९१ लाख ७७ हजार रुपैयाँ पुगेको छ ,

समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ३ रुपैयाँ २ पैसा घटेर २४ रुपैयाँ ४४ पैसामा सिमित भएको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ६६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३४.९८ गुणा रहेको छ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार ०८:१८