१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

झापामा चार हजार परिवारको निःशुल्क विमा


६ बैशाख, झापा । नेकपा एमालेका केन्द्रिय सदस्य तथा मेडिकल ब्यवसायी दुर्गा प्रसाईले झापाको हल्दिवारी गाउँपालिकामा एक हजार जनालाई निःशुल्क स्वास्थ्य बिमा गराएका छन् । बि एण्डी सी अस्पताल अन्तर्गत निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्दै आइरहेका प्रसाईले मंगलबार हल्दिवारीका एक हजारलाई निशुल्क स्वास्थ्य विमा उपलब्ध गराएका हुन् ।

उक्त स्थानमा बि एण्डी सी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पतालको आयोजनामा सामाजिक उत्त्रदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गरिएको हो ।

यसअघि पनि बि एण्डी सी अस्पताल अन्तर्गत निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुँदै आइरहेको थियो । हालसम्म अस्पताल मार्फत चार हजार परिवारको स्वास्थ्य विमा गरिएको प्रमिस गिरीले बताउनु भयो । विबि एण्डी सी का सञ्चालक प्रसाईले स्वास्थयको पहुँच विपन्न वर्गमा पुग्नुपर्ने भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । समाजसेवा मार्फत राजनीतिमा प्रवेश गरेका प्रसाई आसन्न निर्वाचनमा झापाबाट सांसद बन्ने तयारीमा छन ।

एमालेको राम्रो पकड रहेको झापामा प्रसाईको गतिविधिले सकारात्मक सन्देश प्रवाह गरिरहेको स्थानियहरुले बताए । केही दिन अघि हल्दिबारी गाउँपालिकामा लामोसमयदेखि उपचारको अभावमा साङ्लोले बाँधिएका एक युवकको आफनो सक्रियतामा उद्दार गर्दै निशुल्क उपचार गर्ने बन्दोबस्त मिलाएका छन् । जीवनमा स्वास्थ्य सवैभन्दा महत्वपूर्ण कुरा भएकोले आफुले स्वास्थ्य मार्फत समाजसेवा गरिरहेको प्रसाईले बताए । निर्वाचन नजिकिए सँगै झापामा राजनीतिक र सामाजिक क्रियाकलापका गतिविधिहरु बढ्न थालेको हो ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलवार २०:४७