८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

त्रिवेणी गाउँपालिकाका जनप्रतिनिधिको प्रशंसनीय कार्य, बैठक भत्ता बिरामको उपचारमा खर्च


१ भदाै, काठमाडाैँ । रुकुमको त्रिवेणी गाउँपालिकाका जनप्रतिनिधिको प्रशंसनीय कार्य गरेका छ । उनीहरूले  जनप्रतिनिधिहरुले अाफूले बैठक भत्ता मार्फत बुझेको रकमबाट बिरामीलाई सहयोग गरेका हुन । वडाध्यक्ष र सदस्यहरुले वडापालिका, गाउँ कार्यपालिका तथा विभिन्न समितिको बैठकबाट बुझेको भत्ताबाट बिरामीहरुलाई सहयोग गरेका हुन् ।

त्रिवेणी गाउँपालिका वडा नं.–१ का अध्यक्ष मोहनकिशोर ओली, ४ का वडाध्यक्ष चन्द्रबहादुर खड्का, ६ का वडाध्यक्ष राजेन्द्र पुन, १ का वडा सदस्य लक्ष्मण ओली, ४ का वडा सदस्य प्रेमवहादुर बाँठामगर र वडा नम्बर ५ का जनप्रतिनिधिहरुले त्रिवेणी ५ का तुलबहादुर घर्ती मुनाललाई ४७ हजार सहयोग गरेका गर्नुभएको हो । सहयोग रकम पक्षघातको समस्या भएर काठमाडौंको वीर अस्पतालमा उपचाररत पूर्व जनमुक्ति सेना मुनालका छोरा मदन घर्तीमगरलाई हस्तान्तरण गरिएको बताइएको छ ।

त्यस्तै, बाँफिकोट गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष चन्द्रवहादुर केसी र मुसीकोट नगरपालिका वडा नम्बर १० का सदस्य धनवहादुर खड्का बसन्तले पनि बैठक भत्ता बापत पाएको रकम बिरामीलाई सहयोग गरेकाे राजु लामिछानेले उज्यालो अनलाइनमा समाचार लेखेका छन । वडाध्यक्ष केसीले बाँफिकोट १० का मनवहादुर चन्दलाई ५ हजार र वडा नं.३ का मनवहादुर ओलीलाई ३ हजार सहयोग गर्नुभएको हो ।

वडा सदस्य बसन्तले भालुको आक्रमणबाट घाईते भएका रुकुम(पूर्व)को भुमे गाउँपालिका–१ का कैलाश पुनको उपचारका लागि पाँच हजार पाँच सय रुपौयाँ सहयोग गर्नुभएको छ । आफ्नो सानो सहयोगले पनि बिरामीको उपचारका लागि ठूलो सहयोग पुग्ने भएकाले सकेको सहयोग गरिएको जनप्रतिनिधिहरुको भनाई रहेको छ ।

प्रकाशित मिति : १ भाद्र २०७५, शुक्रबार २२:२८