८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

प्रदेश ३ का सांसदलार्इ नासु तहका स्वकीय सचिव, सांसदले शपथ गरेको मितिबाटै तलब पाउने


१  भदाै, काठमाडाैँ । प्रदेश ३ का सांसदलार्इ नासु तहका स्वकीय सचिव पाउने भएका छन । प्रदेश ३ को प्रदेशसभाको शुक्रबारको बैठकले ‘प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘मुख्यमन्त्री मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ शुक्रबारको प्रदेशसभा बैठकबाट पारित भएको हो।

विधेयक पारित भएसँगै प्रदेशसभाका सदस्यले नायव सुब्बा (नासु) तहको स्वकीय सचिव पाउने भएका छन । यसअघि अधिकृत तहको प्रस्ताव गरेर प्रतिवेदन बने पनि सरकार सकारात्मक नभएपछि प्रतिवेदन पुन: समितिमा पठाइएको थियो ।

प्रतिवेदनसहित विधेयक पास भएपछि सोमा उल्लेख भएका सेवा सुविधा शपथग्रहण गरेको मितिबाटै लागू हुनेहुँदा  ३ कराेडकाे दरले वर्षिक व्ययभार थपिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७५, शुक्रबार १८:४८