१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

एनसेलका कारण अदालत परिसरबाट नै पक्राउ परे विप्लवका प्रवक्ता विश्वकर्मा


१ भदौ, काठमाडौं । सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए लगत्तै फेरी अदालत परिसरबाट नै नेत्रविक्रम चन्द विप्लव माअोवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ परेका छन् ।

रिहा भए लगत्तै विश्वकर्मा लाई काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो । केही महिनाअघि काभ्रेमा एनसेल टावरमा भएको आगजनीको घटनामा विश्वकर्मालाई फेरि पक्राउ गरिएको परिसरका डिएसपी मोहन थापाले बताए ।

विश्वकर्माका छोरा नरेन्द्रबहादुरले उनलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । जसको सुनुवार्इ गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलासले प्रकाण्डलाई रिहा गर्न अादेश दिएको थियो ।

प्रकाशित मिति : १ भाद्र २०७५, शुक्रबार १८:२९