१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

पूर्वमन्त्री समेत रहेका विप्लवका प्रवक्तालाई रिहा गर्न सर्वोच्चको आदेश


१ भदौ, काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री समेत रहेका नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई रिहा गर्न आदेश दिएको छ । न्यायाधीश चालेन्द्रशम्शेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलासले विश्वकर्मालाई रिहा गर्न अादेश दिएको हो । उनी झण्डै सात करोड चन्दा असुलीको आरोपमा पक्राउ परेका थिए ।

विश्वकर्माका छोरा नरेन्द्रबहादुरले उनलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । सर्वोच्चले बाटोको म्याद बाहेक ४८ घन्टाभित्र हाजिर गराउन आदेश दिएपछि प्रहरीले शुक्रबार विश्वकर्मालार्इ सर्वोच्चमा उपस्थित गराएको थियो । सोही क्रममा अादलतले उनको रिहाइ गर्न अादेश दिएको हो ।

प्रकाशित मिति : १ भाद्र २०७५, शुक्रबार १७:५०