१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

-ईश्वर पोखरेल

अरूलाई चिन्ने ,
आफैलाई चिनाउने
आँखाहरू !

माया चिन्ने –
माया वर्षाउने
आँखाहरू !

क्रोधले
आगो ओकल्ने
आँखाहरू !

घृणाले
भष्मीभूत पार्न पछि नपर्ने
आँखाहरू !

फूलभन्दा पनि
कोमल देखिने
आँखाहरू !

कठोरताको
प्रतीक बनेर
जाइलाग्ने – आँखाहरू !

यस्ता आँखाहरू —
अरूलाई हेर्न खोल्नैपर्ने ,
तर, आफूलाई हेर्न भने
चिम्लनै पर्ने –
आँखाहरू !!

(२०७८ सालको विदाइ र २०७९ सालको आगमनको अवसरमा )

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार १८:४१