१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

प्रभु इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने


१ वैशाख, काठमाडाैँ । प्रभु इन्स्योरेन्स लिमिटेडले पूँजी बृद्धि गर्न हकप्रद शेयर जारी गर्ने भएको छ । प्रभु इन्स्योरेन्सले हकप्रद शेयर जारी गरी चुक्ता पुँजी वृद्धि गर्ने भएको हो । बीमा समितिले दिएको निर्देशन बमोजिम तोकिएको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर जारी गर्ने भएको हो ।

इन्स्योरेन्स कम्पनीको चैत ३० गते सम्पन्न २६औं वार्षिक साधारण सभाले हकप्रद शेयर जारी गर्ने प्रस्ताव बहुमतले पारित गरेको हो । इन्स्योरेन्स कम्पनीको पूँजी वृद्धि सम्वन्धी योजना तयार गरि बीमा समितिमा पेश गर्न साधारण सभाले सञ्चालक समितिलाई अख्तियारी समेत दिएको छ ।

बीमा समितिबाट जारी भएको पूँजी बृद्धि सम्वन्धी निर्देशन बमोजिम कम्पनीको चुक्ता पूँजी २ अर्व ५० करोड पुर्याउनको लागि हकप्रद शेयर जारी गरि पूँजी बृद्धि गर्न बिशेष प्रस्ताव पेश गरि सो प्रस्ताव अत्याधिक बहुमतले पारित गरि सोहि अनुसार कम्पनीको पूँजी बृद्धि सम्वन्धी योजना तयार गरि बीमा समितिमा पेश गर्न साधारण सभाले सञ्चालक समितिलाई अख्तियारी दिएको हो ।

साथै, उक्त सभाले प्रभु इन्स्योरेन्सको प्रस्तावित ११.५८ प्रतिशत लाभांश पारित गरेको छ । इन्स्योरेन्सको सभाले गत आर्थिक वर्ष २०७७–०७८ को नाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५८ प्रतिशत नगद लाभांश पारित गरेको हो । बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भएपश्चा कम्पनीको चुक्ता पूँजी १ अर्व २८ करोड ९७ लाख ११ हजार रुपैयाँ पुगेको छ । साथै कम्पनीले केन्द्रिय कार्यालय सहित ५५ भन्दा बढी शाखा तथा उपशाखाहरुबाट सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार १०:४९