७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

बुढीगण्डकी जलविद्युत आयोजना सरकार आफैँले बनाउने, गेजुवालाई दिने निर्णय खारेज


२४ चैत, काठमाडौँ । बुढीगण्डकी जलविद्युत आयोजना सरकार आफैँले बनाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बुढीगण्डकी जलविद्युत आयोजना सरकार आफैँले बनाउने निर्णय गरेको हो । यसअघि प्रचण्ड प्रधानमन्त्री र जनार्दन शर्मा उर्जामन्त्री हुँदा चीनको चाइना गेजुवा वाटर एण्ड पावर गु्रप कम्प्नी लिमिटेडलाई दिने निर्णय भएको थियो ।

पछि केपी शर्मा ओली नेतृत्वको सरकारले पुरानै सरकारको निर्णय अुनसार समय थप गर्ने चर्चा चलेको थियो । बिहीबारको बैठकले गेजुवालाई दिने निर्णय खारेज गर्दै सरकार आफैँले बनाउने निर्णय गरेको छ । बुढीगण्डकीका लागि पेट्रोल मार्फत सरकारले पैसा उठाउँदै आएको छ । आयोजना प्रभावितका लागि सरकारले मुअब्जा दिने काम सिकसकेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार २०:३०