७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

यूनाइटेड इन्स्योरेन्सको ८७ हजार कित्ता शेयर बिक्रीमा


२४ चैत, काठमाडाैँ । यूनाइटेड इन्स्योरेन्सको संस्थापक शेयर बिक्री खुला गरिएको छ । सनराइज बैंक र एक्सेल डेभलपमेन्ट बैंकको स्वामित्वमा रहेको यूनाइटेड इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा राखिएको हो ।

सनराइज बैंकको ५ हजार ८२७ कित्ता र एक्सेल डेभलपमेन्ट बैंकको ७९ हजार ७४२ कित्ता गरी कूल ८७ हजार ३ सय कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।,

उक्त संस्थापक शेयरमा यूनाइटेड इन्स्योरेन्सका हाल कायम संस्थापक शेयरधनीहरुले आवेदन दिन सक्नेछन् । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मिति अर्थात बिहीबार चैत २४ गतेबाट ३५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

सनराईज बैंकको शेयरको मूल्य प्रतिकित्ता २२५ रुपैयाँ तोकिएको छ । एक्सेल डेभलपमेन्ट बैंकको शेयरको मूल्य प्रतिकित्ता २९८ रुपैयाँ तोकिएको छ । एक्सेल डेभलपमेन्ट बैंकको न्यूनतम ५ हजार कित्ता संस्थापक शेयर खरिद गर्न सकिनेछ ।

उक्त शेयर खरिदका लागि यूनाइटेड इन्स्योरेन्सको केन्द्रीय कार्यालय ट्रेड टावर थापाथली, काठमाडौंमा लिखित निवेदनसहित सम्पर्क आवेदन दिन सकिनेछ । तोकिएको मितिभित्र कुनै पनि संस्थापक शेयरधनीले आवेदन नदिएमा अन्य खरिदकर्तालाई शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार १४:३७