१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

-डा. विदुर चालिसे

बसन्त ऋतु पलाउन लागेकाे थियाे । माैसम फुङ्ग उडेकाे थियाे। रूख विरूवाकाे पात झरिसकेकाे थियाे । सुकेका पतिङ्गरहरू भूँईंमा समुद्री तुफानीमा सिल लागेका माछाझैँ थिए । जुम्लेली महतले गाेरूकाे पुच्छर बटारेर करायाे ।

–“आज बसन्त पन्चमी हाे, गाेरूकाे पुजा !”

सहरदेखि दुर दराजमा पुगेकाे बटुवाकाे मन झस्कियाे । सहरमा पन्चमीकाे दिन सरस्वतीकाे वन्दना गाएर पुजा गर्ने चलन थियाे । गाउँगाउँमा गाेरूकाे पुजा गरेर बसन्त पन्चमी मान्ने प्रचलनले बटुवालाई अचम्म लाग्याे । गाेरू नारिरहेकाे हलिलाई साेध्याे ।
–“बसन्त पन्चमीमा सरस्वती वन्दनाकाे सट्टा गाेरूकाे पुजा ?”

–“याे हाम्राे संस्कृति हाे !”

-“पन्चमीकाे दिन गाेरू पुजा गर्ने पनि संस्कृति हुन्छ र ?”
हलिले फेरि गाेरूकाे पिठ्यूँमा एकलठ्ठी बजार्याे । लठ्ठीकाे ताेडसँग गाेरू खुरू खुरू अगाडि हिड्याे । गाेरूले भूईंमा जाेतेकाे स्थानमा एउटा सिंउँदाे बन्याे । सिंउँदाेमा अबिर, अछेता र फूल चढाइयाे । धुप बालेर छाेडियाे। चिबे, ढुकुर, साराैं र जुरेलीहरू जाेतिएकाे ठाउँमा वनबाट नाच्दै आहारा खाेज्न आए । बटुवा बसन्त पन्चमीमा गाउँमा चराचुरूङ्गी रमाएकाे देखेर अचम्मित थिए । उनले हलिलाई गर्वसाथ भने ।

–“यिनीहरूकाे पनि चुनाव आएछ !”
कहाँ बसन्त पन्चमीकाे कुरा, कहाँ चुनावकाे कुरा, अप्रासङ्गिक कुरा सुनेर हलि स्थानीय गीतकाे भाकामा बर्रबराउन थाल्याे ।

–“उडि गई जुनकिडि, सहरकाे महलमा !”
स्थानीय चलाखहरू सहर पसेका थिए । गाउँ फर्केका थिएनन् । हलिकाे मन दुख, पीडा र वेदनाले कारूणिक बनेकाे थियाे । उसकाे पैतालाकाे छालामा चपरी र हातमा ठेला जमेकाे थियाे । दुखै दुखकाे पीडाकाे बीचमा उसले निधारकाे पसिना पुछ्याे । गाेरूलाई राेकेर उसले रेडियाे खाेल्याे । रेडियाेमा उस्ले झर्काे लाग्ने गरि समाचार सुन्याे ।

–“चुनावका लागि सहरिया बसन्त पन्चमीकाे पुजाआजा !”
समाचार सुनेपछि सहरिया बसन्त पन्चमीकाे पुजाआजा बारे उसले नबुझेर गाउँगाउँमा डुलुवा बटुवालाई साेध्याे ।

–“तपाईलाई पन्चम सूत्र बारे थाहा छ ?”
बटुवा निकै नै चलाख थियाे । उसले हलिकाे मनाेभावना बुझेर जवाफ फर्कायाे ।

–“सहरमा गठबन्धनलाई पनि हलसार भन्छन् ।”
हलि मरिमरी हास्न थाल्याे । उसले जाेतिरहेकाे हल गाेरूलाई कानमा गएर खुसुक्क भन्याे ।

–“बुझिस् ! सहरमा पनि तिमीहरू जस्तै हलसार छन् रे !”
हलमा नारिएका गाेरूहरूले नाक ठाडाे पारे । मुख आँआँ गरे। ठ्याँ ठिँ पनि गरे । तिनकाे चाला मालाले सङ्केत गरिरहेकाे थियाे सायद ।

–“हामीजस्तै भाेका प्रतिस्पर्धी !”

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार १३:०२