१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

कतार जान एक रुपैयाँ तिर्नु नपर्ने वातावरण तयार गर्छुः श्रममन्त्री बिष्ट


३० साउन, काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले कतार जान एक रुपैयाँ तिर्नु नपर्ने वातावरण तयार गर्ने प्रतिबद्ता जनाएका छन् । आज संसदको उद्योग वाणिज्य, उपभोक्ता तथा श्रम समितिमा मन्त्री बिष्टले यसका लागि कतारसँगको छलफल अन्तिम चरणमा पुगेको बताएका छन् ।

बिष्टका अनुसार कतारसँग नयाँ सम्झौता गर्ने तयारी भइरहेको रअहिले पनि कतारमा जाने श्रमिकका लागि  भिसा र टिकेटको प्रावधान लागू छ तर, कार्यान्वयन भएको छैन । अब भने सरकारले विशेष व्यवस्थामार्फत नै कतारसँग श्रमिक पठाउने प्रवन्ध गर्न लागेको हो । ‘कतार जाने श्रमिकका लागि विशेष व्यवस्था गर्न हाम्रो प्रयत्न जारी छ । केही समयभित्रै मजदुरले एक रुपैयाँ पनि नतिरी सजिलो प्रक्रियामार्फत कतार जाने व्यवस्था गर्न लागिरहेकाे बिष्टले बताए ।

प्रकाशित मिति : ३० श्रावण २०७५, बुधबार १५:०३