१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नुवाकोटको विदुरमा यात्रुवाहक बस दुर्घटना हुँदा ४० जना घाइते, ७ जनाको अवस्था गम्भीर


३० साउन, नुवाकोट । नुवाकोटको विदुरिस्थत लामाटारमा बुधबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन् । बुङताङबाट काठमाडौं जाँदै गरेको बा. २ ख २८०४ नम्बरको बस विदुर नगरपालिका–९, लामाटारमा दुर्घटना भएको हो ।

मिनिट्रकलाई साइड दिने क्रममा सडक भासिएर ४० मिटर तल खस्दा बसमा यात्रा गरिरहेका ४० जना घाइते भएको नुवाकोट प्रहरी प्रमुख एसपी वसन्तबहादुर कुँवरले जानकारी दिए । दुर्घटनामा परि गम्भीर घाइते भएका सात जनालाई थप उपचारको लागि काठमाडौं पठाइएको छ । अन्य घाइतेहरुको त्रिशूली अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ३० श्रावण २०७५, बुधबार १३:३५