११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

बागलुङमा पहिरोमा परी सासू बुहारी बेपत्ता


३० साउन,बागलुङ । निसीखोला गाउँपालिका–३ का मानबहादुर शाहीको घर आज बिहान गएको पहिरोमा पुरिँदा उहाँकी श्रीमती ६५ वर्षीया धनकुमारी र ३५ वर्षीया बुहारी डल्ली शाही बेपत्ता हुनुभएको छ ।

पहिरोले क्षतिग्रस्त बनाएको घरभित्रै उहाँहरु च्यापिएको हुनसक्ने प्रहरीले जनाएको छ । प्रहरी र स्थानीवासी खोजी र उद्धारमा जुटेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक ओमप्रकाश यादवले बताउनुभयो । घरमुली मानबहादुर शाही गोठ गएको बेला घटना भएको जनाइएको छ । गएरातिको वर्षाले जिल्लाका अन्य ठाउँमा पनि भौतिक क्षति पु¥याएको बताइएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७५, बुधबार १३:२७