१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नुवाकोटमा बस दुर्घटना हुँदा २० जना भन्दा बढी  घाइते


३० साउन, काठमाडौं । बिदुर नगरपालिका वडा न ९ मा यात्रुबाहक बस दुर्घटना हुदा २० जना भन्दा बढी  घाइते  भएका छन् ।  घाइतेको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भैरहेकाे छ भने  गम्भीर घाइते हुनेलार्इ काठमाडौ लगिएको प्रहरीले बताएकाे छ।  मिनी ट्रकलाई साइड दिँदा सडकबाट बस खसेर यात्रु घाइते भएका हुन् ।

सदरमुकाम विदुरतर्फ आउँदै गरेको ना २ ख २८०४ नम्बरको बस ढुंगेचौतारो भन्ने ठाउँमा सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । विपरीत दिशाबाट आउँदै गरेको मिनी ट्रकलाई साइड दिन लाग्दा सडकको छेउ भासिएर बस दुर्घटना भएको प्रहरीको जनाएकाे छ ।दुर्घटनामा गम्भीर घाइते भएका ७ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको र अरुको जिल्ला अस्पताल नुवाकोटमा उपचार भइरहेको प्रहरीको बताएकाे छ ।

प्रकाशित मिति : ३० श्रावण २०७५, बुधबार १३:१७