६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

जाजरकाेटमा बाढीले पुल बगायो


३० साउन,जाजरकाेट । नलगाड नगरपालिका–५ कालिमाटीमा गए राति बाढीले दुई झोलुङ्गे पुल बगाएको छ । बाढीले झुम्रे खोला र घुआरामा रहेको झोलुङ्गे पुल बगाएको हो । बाढीले घुहारामा रहेको मिल, कालिमटीस्थित खिमलाल जैशीको घर र १५ घुम्ती पसलसमेत बगाएको नलगाड नगरपालिकाका नगर प्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो । सो ठाउँका पानी घट्टसमेत बाढीले बगाएको छ । जाजरकोट–डोल्पा सडकखण्डमा पर्ने पुल बगाएपछि यहाँ आवतजावत ठप्प छ । धान खेत बाढीले बगाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७५, बुधबार ११:२२