७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

भोलिदेखि प्रधानमन्त्री अोलीलार्इ प्रत्यक्ष प्रश्न गर्न पाइने, यसरी गर्न सकिन्छ प्रश्न


२९ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा अोलीलार्इ भोलिदेखि जनताले प्रत्यक्ष प्रश्न गर्न पाउने भएका छन । भोलि बुधबारदेखि प्रत्यक्ष प्रशारण हुन लागेको जनतासँग प्रधानमन्त्री कार्यक्रम अोलीलार्इ प्रत्यक्ष प्रश्न गर्न पाइने सञ्चालक मनोज पाण्डेले बताएका छन ।

पाण्डेका अनुसार यसपटकदेखि कार्यक्रममा दर्शकले टेलिफोन तथा सामाजिक सञ्जाल फेसबुक र टि्वटरमार्फत प्रधानमन्त्रीसमक्ष सिधै प्रश्न राख्न पाउने व्यबस्था मिलाइएको छ ।

टेलिफोनमार्फत प्रश्न राख्न कार्यक्रम सुरु भएपछि नेपाल टेलिभिजनको फोन नम्बर ०१-४२००५१२ र ०१-४२००५१३ मा फोन गर्नुपर्नेछ भने ‘जनतासँग प्रधानमन्त्री’को फेसबुक पेज तथा टि्वटरबाट पनि प्रश्न तथा आफ्नो गुनासो राख्न पाइने व्यबस्था मिलाइएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७५, मंगलवार १७:०३