८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कांग्रेस सांसदको माग गरिबका लागि बनाइएको अपार्टमेन्टमा सांसदहरुलाई राखियोस


२९ साउन, काठमाडौँ । नेपाली कांग्रेसका सांसदले गरिबका लागि बनाइएको अपार्टमेन्टमा सांसदहरुलाई राख्न माग गरेका छन । अनलाइनखबर डटकमका अनुसार नेपाली कांग्रेसका सांसद दिब्यमणि राजभण्डारीले गरीबका लागि बनाइएको अपार्टमेन्टमा सांसदहरुलाई राख्न माग गरेका हुन ।

सहरी गरीब, सुकुम्बासी तथा न्यून आय भएका परिवारका लागि नार्गाजुन नगरपालिकाको इचंगुनारायणमा बनाएको अपार्टमेन्ट हाल प्रयोगविहीन अवस्थाका रहेको छ ।

गृह मन्त्रालयले त्यही अपार्टमेन्टलाई प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको आवास गृह बनाउने अन्तिम तयारी गरीरहेको समयमा कांग्रेस सांसदले यस्तो माग गरेका हुन ।

प्रकाशित मिति : २९ श्रावण २०७५, मंगलवार १५:०७