७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

विप्लव माअोवादीको नेपाल बन्दका कारण देशैभरकाे जनजीवन प्रभावित


२९ साउन, काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा प्रकाण्ड  पक्राउको बिरोधमा विप्लव माअोवदीले अाज साउन २९ गते नेपाल बन्दको घोषणा गरेको छ । उसले तीन दिने संघर्षका कार्यक्रमको अन्तिम दिन नेपाल बन्दको घोषणा गरेको हो ।

प्रवक्ता विश्वकर्मालार्इ प्रहरीले साउन २२ गते राति पक्राउ गरेको थियो । बन्दका कारण देशैभरकाे जनजीवन प्रभावित बनेकाे छ । तुलनात्मक रूपमा काठमाडाैँ उपत्यकामा कम प्रभाव परे पनि उपत्यका बाहिरकाे जिल्लामा बन्दकाे प्रभाव देखिएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७५, मंगलवार ०६:४३