१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

आइसीसी वान डे इन्टरनेशनलको नयाँ वरियतामा नेपालका तीन खेलाडी समावेश


२८ साउन, काठमाडाैँ । नेपालका ३ क्रिकेटर आइसीसी वान डे इन्टरनेशनलको नयाँ वरियतामा अटाएका छन । आइसीसीले सोमवार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालबाट बलिङतर्फ युवा स्टार सन्दीप लामिछाने तथा ब्याटिङमा सोमपाल कामी र उपकप्तान ज्ञानेन्द्र मल्ल अटाएका छन ।

२२ वर्षिय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेदरल्याण्ड्ससँग २ खेलको पहिलो ओडिआई सिरिज खेलेपछि नेपाली खेलाडी पनि वरियतामा समेटिएका हुन्। २ ओडिआई खेल्दै ४ विकेट लिएका सन्दीप ओडिआई बलिङ वरियताको २१७औं स्थानमा परेका छन भने २ खेलबाट एक अर्धसतकसहित ६१ रन बनाएका सोमपाल कामी ब्याटिङमा २२९ औं स्थानमा रहेका छन । २ खेलबाट नै एक अर्धसतकसहित नेपालका लागि ओडिआईमा सर्वाधिक ६४ रन बनाएका उपकप्तान ज्ञानेन्द्र मल्ल ब्याटिङमा २३६औं स्थानमा अटाएका छन ।

प्रकाशित मिति : २८ श्रावण २०७५, सोमबार १७:२३