७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

अोली सरकारका पाँच महिने उपलब्धि सार्वजनिक (उपलब्धिको सम्पूर्ण बिबरणसहित)


२८ साउन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पाँच महिने उपलब्धि सार्वजनिक गरेको छ । सरकारको काम कारबाही प्रभावकारी नभएको भन्दै प्रयोजित प्रचार बढी भएपछि ७४ पृष्ठ लामो उपलब्धिको सूची अोली सरकारले सार्वजनिक गरेको हो ।

सरकारले आफ्नो उपलब्धीको रुपमा सार्वजनिक खर्चमा मितव्ययिता, विकास निर्माणमा ढिलासुस्ती अन्त्य, औचित्यहीन भ्रमणमा नियन्त्रण, सिण्डिकेटको अन्त्य, सुन तस्करमाथि कारबाही लगायतका विषयलाई मुख्य रूपमा उल्लेख गरेको छ ।

नारायणगढ मुग्लिन सडक स्तरोन्नति, सिमरा बर्दिबासु रेलमार्गको ट्रयाकको ८० प्रतिशत काम सकिएको, मुग्लिनमा त्रिशुली नदीमा आर्कब्रिज अन्तिम चरणमा पुग्नुलाई पनि सरकारले अाफ्नो उपलब्धिको सूचीमा समावेश गरेको छ । यस्तै सरकारले ५ महिनाको अवधिमा ९० वटा तुइन विस्थापित गरेको पनि उल्लेख गरेको छ ।

अोली सरकारका उपलब्धि यहाँ हेर्नुहोस

प्रकाशित मिति : २८ श्रावण २०७५, सोमबार १६:२०