१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

मन्त्रालाय तानिएपछि मन्त्रीलाई तेल दिएको रसिद सार्वजनिक गर्दै डिल्ली भट्ट (हेर्नुहोस् विवरण)


२८ साउन, काठमाडौँ । समाज कल्याण परिषद्को सदस्य सचिवबाट महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा तानिएका डिल्लीप्रसाद भट्टले विगतमा परिषद्का अध्यक्ष समेत रहेकी मन्त्रीलाई दिएको डिजलको बिबरण सार्वजनिक गरेका छन ।

भट्टलार्इ मन्त्रालयमा हाजिर गराउने मन्त्रीको निर्णको पत्र ।

भट्टले आफू निकटका केही पत्रकारहरु मार्फत मन्त्रीको सचिवालयका नाममा परिषद्ले तेल दिएको विवरणहरु सार्वजनिक गरेका हुन । यही साउन २१ गते मन्त्री थपमाया थापामगरले भट्टलाई मन्त्रालयमा हाजिर गराउने निर्णय गरेकी थिइन ।

विगतदेखि नै भ्रष्टाचारको अड्डा भनेर परिचित परिषद्का कर्मचारीले गैरसरकारी संस्थाहरुले सञ्चालन गर्ने परियोजनामा कमिसन खाने गरेका छन । भट्टले मन्त्रीले परिषद्बाटै मात्रै तीन वटा गाडी लगेको पनि आरोप लगाएका छन । भट्टका अनुसार मन्त्री मगरले करिब तीन महिनाको बीचमा मात्रै परिषद्वाट एक हजार लिटर डिजेल लगिसेकीछिन ।

भट्टले सार्वजनिक गरेको तेल मागको केही विवरण

प्रकाशित मिति : २८ श्रावण २०७५, सोमबार १४:५७