१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

लुम्बिनी विकास कोषको सदस्यसचिवको नियुक्तिको निर्णय लागू नगर्न सर्वोच्चको अन्तरिम आदेश


२७ साउन, काठमाडौँ । लुम्बिनी विकास कोषको सदस्यसचिवको नियुक्ति विवादमा परेको छ । सर्वोच्च अदालतले पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाललाई लुम्बिनी विकास कोषको सदस्यसचिव नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा आइतबार अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले ढकाललाई नियुक्त गर्ने सरकारी निर्णय भदौ ७ सम्म कार्यान्वयन नगर्न आदेश दिंदै दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७५, आईतवार २१:४२