६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ घट्यो


२० फागुन, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाएको छ । स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार अब पेट्रोलको मूल्य १०४ बाट घटेर १०३ कायम भएको छ । यो काठमाडौँ उपत्यकामा आधारित मूल्य हो ।

अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । अब निगमले पाक्षिकरुपमा १५ करोड नाफा गर्ने प्रक्षेपण गरिएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७४, आईतवार २२:४०