१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

अर्थमन्त्रीको अभिव्यक्तिले डराए लगानीकर्ता, नेप्सेमा एकैदिन ४२ अंकको गिरावट


२० फागुन, काठमाडौँ । निरन्तर ओरालो लागिरहेको सेयर बजार परिसूचक नेप्से अर्थमन्त्रीको अभिव्यक्तिपछि आइतबार एकैदिन ४२ अंकले ओरालो लागेको छ ।

अर्थमन्त्रीले अनुत्पादक क्षेत्रमा लगानी नगर्न बैंकहरुलाई निर्देशन दिने बताएपछि बजारमा ठूलै धक्का महशुष भएको छ । बजारमा बैंकबाट ऋण लिएर सेयर कारोबार गर्नेको संख्या पछिल्लो दिनमा बढी रहेको थियो ।

साताको पहिलो दिन आइतबार नेप्से ४१.५६ अंकले झरेको छ । नेपाल स्टक एक्सचेञ्जमा सबै परिसूचक नकारात्मक रही एक हजार ३०४ अंकमा ओर्लिएको हो । यो एक वर्षयताकै न्यून बिन्दु हो ।

‘क’ वर्गका कम्पनीको मापन गर्ने सेन्सेटिभ इण्डेक्समा ३.०१ अंकले ओरालो लागेको छ भने नेप्से ३.०९ प्रतिशतले घटेको छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक २८६ अंकले घटेको छ ।

सेयर बजारमा १५१ कम्पनीको १३ लाख ११ हजार कित्ता सेयर पाँच हजार ९४३ पटक किनबेच भएको छ भने रु ४८ करोड बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७४, आईतवार १९:५९