६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

भविष्य उन्मुख डिजाइनमा आयोनीक ५, नेपालमा विक्री सुरु


१२ फागुन, काठमाडाैँ । नेपालको लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ इलेक्ट्रीक भेहिकल आयोनीक–५ विक्री सुरु गर्ने तयारी पूरा गरेको छ ।

नयाँ आयोनीक–५ भविष्य उन्मुख डिजाइनको कारण विश्वभर चर्चामा रहेको मोडल हो । निकै बोल्ड, यूनीकर डाइनामीक डिजाइनमा यसलाई तयार गरिएको छ ।

हुन्डाई आयोनीक–५ ले ‘टप गियर इलेक्ट्रीक बेस्ट डिजाइन अवार्ड–२०२१’ पाउन सफलभएको छ । आयोनीक–५ हुन्डाईको नयाँ आयोनीक लाइनअप अन्तर्गत ‘स्पेशलाइज्ड इजीएमपी व्याट्री इलेक्ट्रीक भेहिकल प्लेटफर्ममा बनेको हो ।
आयोनीक ५ को डिजाइन अत्याधुनिक र आकर्षक रहेको छ ।

यो गाडी अत्याधिक इनर्जी इफिसीयन्सी, उत्कृष्ट प्रफर्मेन्स र चालक तथा यात्रुलाई आरामदायी यात्रा गराउन सफल हुने कम्पनीले विश्वास लिएको छ । हुन्डाईको ‘रेभुलुसनरी इलेक्ट्रीक ड्राइभ आर्किटेक्चरमा निर्माण भएको आयोनीक–५ मारियर ह्वील ड्राइभ सिस्टम रहेको छ ।

साथै, यो कारमाशोलार वाभिजन रुफ, भेहिकल टु लोड, एम्बियन्ट मुड लाइट्स, पावर टेलगेट, रेन सेन्सीङ वाइपर, व्लाइन्ड स्पट भ्यू मोनिटर तथाभोइस रिकग्नीसन भेहिकल कन्ट्रोल जस्ता अत्याधुनिक फिचर उपलब्ध छन् । लक्ष्मी इन्टरकन्टीनेन्टलले आयोनीक–५ को लन्चीङसँगै ‘स्टेट अफदि आर्ट’नयाँ इलेक्ट्रीक कारको लागिमात्रै शोरुम संचालनमा ल्याएको छ । इभीको लागिमात्रै बन्ने शोरुममा अहिले विक्री भइरहेको कोना, आयोनीक र आयोनीक ५ राखिने छ ।

इलेक्ट्रीक कार किन्ने ग्राहकलाई यो शोरुमले प्रिमियम एक्सपिरीयन्स प्रदान गर्न सफल हुने कम्पनीले विश्वास लिएकाे छ । कम्पनीले इभी विक्री मात्र गर्ने नभई नेपालमा इभी कल्चरको विकास गर्न देशैभर चार्जिङ स्टेशनको विस्तार गर्ने तयारी गरिरहेको छ । कम्पनीले इभीको बढ्दो संख्यासँगै देशको विभिन्न स्थानमा ४० वटा चार्जिङ स्टेशन स्थापना गरिसकेको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले देशका प्रमुख शहरहरुमा १३ वटा डिलर र १९ वटा सर्भिस सेन्टरबाट ग्राहकलाई सेवा दिइरहेको छ । हुन्डाई मोटर्स विश्वको टप ५ अटोमोवाइल उत्पादकमध्य हो । कम्पनीले उत्कृष्ट क्वालीटीको भेहिकल बनाउदै विश्वका करौडौँ ग्राहकहरुको मन जित्न सफल भएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार ०४:४८