७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

डा गोविन्द केसी रोए कि अभिनय गरे ? सामाजिक सञ्जालमा यसरी हुँदैछ अालोचना


२२ साउन, काठमाडौँ । बिरामी उपचार गर्न छाडेर विदा समेत नलिई अनसन बसेका गोविन्द केसीले रोएको नाटक गरेको भन्दै सामाजिक सञ्जालमा चर्को अालोचना भएको छ । केसीले हिजो त्रिवि शिक्षण अस्पताको बिरामीको बेडबाट बाहिरिनेक्रममा मंगलबार रोएका थिए ।

पत्रकार सम्मेलन गरेर बिरामीको बेडबाट बाहिरिएका केसीले बिरामीको उपचार गर्न नपाएको भन्दै रोए उनले रोएको विषयमा कसैले भिडियो खिचेर प्रचार गरे त कतिपयले समाचार लेखेर प्रचार गरे । तर सामाजिक सञ्जालमा भने लामो समयसम्म अनसनका नाममा अस्पताललाई अस्तव्यस्त बनाएर बिरामीलाई उपचार गर्नबाट बञ्चित गराउने केसीनै उपचार गर्न नपाएको भन्दै रोएपछि चर्को अालोचना सुरू भएको छ ।

केसीकै अनसनका क्रममा चिकित्सकहरुले अस्पतालमा हड्ताल गर्दा मोरङका कास्मिर लम्सालको ज्यान गएको थियो भने त्रि वि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार नपाउँदा दाङका गोविन्द चौधरीको मृत्यु भएको थियो । केसीको अनसनकै कारण विरामीले उपचार नपाएर मरेका भन्दै सांसदहरुले संसद बैठकमै डा केसीलाई हत्याराको आरोप समेत लगाएका थिए । केसीको अनसनबाट सिर्जना भएको समस्यालार्इ लिएर फेसबुक र ट्वटरमा अालोचना चलिरहेको छ ।

हामीले केही प्रतिनिधि अालोचना यहाँ प्रस्तुत गरेका छाैँ । 

प्रकाशित मिति : २३ श्रावण २०७५, बुधबार १२:०६