११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

विरामीको उपचार गर्न छाडेर अनसन बस्ने गोविन्द केसी उपचार गर्न पाइन भन्दै किन रोए ?


२२ साउन, काठमाडौँ । बिरामी उपचार गर्न छाडेर विदा समेत नलिई अनसन बस्न जुम्ला हनिएर पछि त्रिवि शिक्षण अस्पतालै आएर अनसन बसेका गोविन्द केसी अस्पतालको बेडबाट बाहिरिनेक्रममा मंगलबार रोएका छन ।

पत्रकार सम्मेलन गरेर बिरामीको बेडबाट बाहिरिएका केसीले बिरामीको उपचार गर्न नपाएको भन्दै रोए । लामो समयसम्म अनसनका नाममा अस्पताललाई अस्तव्यस्त बनाएर बिरामीलाई उपचार गर्नबाट बञ्चित गराउने केसीनै उपचार गर्न नपाएको भन्दै रोएपछि मानिसहरु अचम्मित भएका छन ।

केसीकै अनसनका क्रममा चिकित्सकहरुले अस्पतालमा हड्ताल गर्दा मोरङका कास्मिर लम्सालको ज्यान गएको थियो भने त्रि वि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार नपाउँदा दाङका गोविन्द चौधरीको मृत्यु भएको थियो । केसीको अनसनकै कारण विरामीले उपचार नपाएर मरेका भन्दै सांसदहरुले संसद बैठकमै डा केसीलाई हत्याराको आरोप समेत लगाएका थिए ।

यद्यपी उनी डिस्चार्ज हुँदा समेत पत्रकारका क्यामरा अघि तेर्साएर लामो समयसम्म बिरामीको उपचार गर्नबाट बञ्चित भएको भन्दै रोए । पत्रकार सम्मेलनमा उनले आफूसित गरिएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐन तोडमोड नगरी शीघ्र जारी गर्न आग्रह गरेका छन ।

प्रकाशित मिति : २२ श्रावण २०७५, मंगलवार १८:५५