१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

सेयर बजार परिसूचक नेप्से लगातार ओरालोः आज ४ अंकको गिरावट


२९ माघ, काठमाडौँ । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज पनि नेप्से परिसूचक ४.४२ बिन्दुले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक लगातार ओरालो लागेर एक हजार ३८० बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.७४ बिन्दुले घटेर २९२ बिन्दुमा पुगेको छ ।

आज कूल १५६ कम्पनीको छ लाख ८४ हजार २८ कित्ता शेयर रु २४ करोड ६७ लाख ६ हजार ७८१ मूल्यमा कारोबार भएको छ । आज व्यापार ४.७२, विकास बैंक ६.७६ र अन्य समूह ३.९३ बिन्दुले उकालो लागेको थियो भने बैंकिङ चार, होटल ९.२८, जलविद्युत् १.७४, फाइनान्स २.१६, बीमा ७३.०३, उत्पादन १४.६३ र माइक्रोफाइनान्स ६.७ बिन्दुले ओरालो लागेको छ ।

प्रकाशित मिति : २९ माघ २०७४, सोमबार १६:०९