१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

प्रधानन्यायाशीमा नाम अनुमोदन गराउन दलालको ताँती लाग्योः नेता भट्टराई (भिडियोसहित)


२० साउन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम् संसदीय सुनुवाई विशेष समितिका सदस्य सांसद योगेश भट्टराईले प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम अनुमोदन गराउनका निम्ति कमिलाको जस्तो दलालहरुको ताँती लागेको बताएका छन ।

आइतबार बिहान जनता टेलिभिजनसँगको कुराकानीमा नेता भट्टराईले संसदीय सुनुवाई समितिको निर्णयलाई प्रभावित पार्न अनेकखालका गतिबिधि भएको खुलासा गरे । उनले संसदीय सुनुवाइ रहेका जोशीको पक्षमा गैरन्यायीक क्षेत्रका लागेका दलालहरुको ८ रात निद हराम भएको बताए ।

उनले समितिको निर्णयका सन्दर्भमा जोशीले विज्ञप्ति मार्फत घुमाउरो शैलीमा प्रश्न उठाएको भन्दै बहस गर्न तयार रहेको जवाफ दिए ।
भट्टराईको अन्तरवार्ता यहाँ हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २० श्रावण २०७५, आईतवार १२:०४