७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ नुवाकोटको अध्यक्षमा कडेँल


३ माघ, नुवाकोट । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ नुवाकोटको अध्यक्षमा गोपिप्रसाद कडेँल चयन भएका छन । महासंघको सोमबार ककनीमा भएको प्रथम जिल्ला भेलाले महत्वपूर्ण व्यवसायिक व्यक्ति (सिआईपी) कडेँलको अध्यक्षतामा नयाँ कमिटी गठन भएको हो ।

उपाध्यक्ष ललित लामा, सचिव दिपकराज पाण्डे, काेषाध्यक्ष पवन नेपाल चयन भएका छन । भेलाले १२ वटै पालिकाबाट प्रतिनिधित्व हुनेगरी सदस्यहरुको चयन गरेकाे छ । भेलामा नुवाकोटमा विभिन्न उद्योग व्यवसायको सम्भावना र चुनाैतिका विषयमा कार्यपत्र पनि प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार २०:०१