१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

एमालेका तीन विभागले पाए पूर्णता, यी हुन सदस्यहरु


३ माघ, काठमाडाैँ । नेकपा एमालेका तीन विभागले पूर्णता पाएकाे छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीका अनुसार आर्थिक तथा कोष ब्यवस्थापन विभाग, संगठन विभाग र स्थानीय तह विभागले पूर्णता पाएका हुन् ।

आर्थिक तथा कोष ब्यवस्थापन विभागको प्रमुखमा उपमहासचिव बिष्णु रिमाल तथा सदस्यहरुमा बिनाकुमारी श्रेष्ठ र डा. भीष्म अधिकारी रहेका छन् ।

यस्तै संगठन विभाग प्रमुखमा खगराज अधिकारी रहेका छन् भने सदस्यहरुमा भानुभक्त ढकाल, यमलाल कँडेल, काँशीनाथ अधिकारी, देवराज घिमिरे, कर्ण थापा, ज्वालाकुमारी साह, जगत बिश्वकर्मा र लिला गिरी सदस्य रहेका छन् ।

यस्तै स्थानीय तह विभाग प्रमुखमा देवेन्द्र दाहाल, उपप्रमुखमा प्रभा बराल तथा सदस्यहरुमा अशोक ब्याञ्जु, होमनारायण श्रेष्ठ, नवराज गेलाल र हर्कराज राई रहेका छन् ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार १७:२२