१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

नेपाल प्रहरीको प्रवक्तामा केसी


२ माघ, काठमाडाैँ । नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीलाई प्रदान गरिएको छ । नेपाल प्रहरीद्धारा सम्पादित जनचासोका काम कारबाहीलाई यर्थार्थ एवं तथ्यगत रुपमा सञ्चारमाध्याममा सम्प्रेषण गर्नका लागि आज केसीलाई प्रहरी प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको हो ।

प्रवक्ता केसी हाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत हुनुहुन्छ ।

प्रकाशित मिति : २ माघ २०७८, आईतवार २२:०९