१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री ढकाललाई दोस्रो पटक कोरोना संक्रमण


३० पुस, काठमाडौँ । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री भानु भक्त ढकाललाई दोस्रो पटक कोरोना संक्रमण भएको छ । ढकालले शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन । उनले भनेका छन, ‘आज गरिएको परीक्षणबाट मलाई कोभिड १९ पोजिटिभ देखिएको छ ।

केही दिन घरमा नै आराम गर्नु पर्नेभयो।’ ढकाललाई यसअघि गत वैशाखमा कोरोना संक्रमण भएको थियो । ढकाल त्यतिखेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा कार्यरत रहेका थिए ।

प्रकाशित मिति : ३० पुष २०७८, शुक्रबार १९:२१