६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

कांग्रेस नेता सुनिल शर्माको अनुहारमा माधव नेपालका कार्यकर्ताले दले कालोमोसो (फोटोफिचर)


३० पुस, काठमाडाैँ । नेपाली कांग्रेसका नेता एवं नोवेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मामाथि कालोमोसो दलिएको छ । माधवकुमार नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले शर्मालाई कालोमोसो दलेको हो ।

अनेरास्ववियुका नेता महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनको नेतृत्वम गएको टोलीले उनीमाथि कालोमोसो दलेको हो । कालोमोसो दल्ने श्रेष्ठ र पुनलाई प्रहरीले गिरफ्तार गरेको छ । अनेरास्वियुले तत्काल उनीहरूको रिहाइको माग गरेका छन् ।

प्रकाशित मिति : ३० पुष २०७८, शुक्रबार १८:४८