८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

एमाले कालिकोटको अध्यक्षमा जसीप्रसाद पाण्डे, यी हुन पदाधिकारीमा विजयी


३० पुस, कालिकोट । नेकपा एमाले कालिकोटको अध्यक्षमा जसीप्रसाद पाण्डे विजयी भएका छन । शुक्रबार सम्पन्न मतगणनाको परिणाम अनुसार अध्यक्षका अर्का प्रत्याशी रमेशकुमार शाहीलाइ पराजित गर्दै पाण्डे विजयी भएका हुन । उनी जिल्लाको खाँडाचक्र नगरपालिकाका मेयर हुन्

त्यस्तै उपाध्यक्षमा दयाराम सिम्खाड, सचिवमा टेकबहादुर बुढा  र उपसचिवद्धयमा ब्यासि तिरुवा र मनराज शाही निर्वाचित भएका छन । उनीहरू सबै मतदानबाट निर्वाचित भएका हुन ।

प्रकाशित मिति : ३० पुष २०७८, शुक्रबार १६:१९