१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरको प्रयास असफल


३० पुस, काठमाडाैँ । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरको प्रयास असफल भएको छ । हिमालयन बैंकको शुक्रबारको बार्षिक साधारणसभाले इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेसँगै प्रयास असफल भएको हो ।

इन्भेष्टमेन्ट बैंकसँगको मर्जर गर्ने विशेष प्रस्ताव स्वीकृत गर्नलाई चाहिने ७५ प्रतिशत मत नपुगेको बैंकले जनाएको छ । हिमालयन बैंकका अध्यक्ष प्रचण्डमान श्रेष्ठ समुह र कर्मचारी संचय कोषले लिखित रुपमै अहिलेको अवस्थामा मर्जरमा जान नसकिने भन्दै विपक्षमा भोट हालेपछि मर्जर असफल भएको हो । बिशेष प्रस्ताव अस्वीकृत भएपछि हिमालयन बैकको बार्षिक साधारणसभामा संचालकहरुबीच भनाभन भएको थियो ।

प्रकाशित मिति : ३० पुष २०७८, शुक्रबार १६:१०