१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

७ करोड लगानीमा बनिरहेको वुटवलको प्लान बी क्लबमा भीषण आगलागी


३० पुस, वुटवल । ७ करोड लगानीमा बनिरहेको वुटवलको प्लान बी क्लबमा भीषण आगलागी भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ९ स्थित मिलनचोकको रहेको क्लबमा भीषण आगलागी भएको हो । क्लब माघ १ गतेदेखि सञ्‍चालनमा ल्याउने तयारी गरिएको थियो ।

शुक्रबार दिउँसो १ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन। आगो नियन्त्रणका लागि लुम्बिनी साँस्कृतिक नगरपालिका लुम्बिनी, तिलोत्तमा र सैनामैना नगरपालिका, बुटवल उपमहानगरपालिका, सिद्धार्थ नगरपालिका भैरहवा, नगरपालिकाका दमकलले प्रयास गरिरहेका छन । तर नियन्त्रणको काममा सफलता मिलेको छैन ।

प्रकाशित मिति : ३० पुष २०७८, शुक्रबार १५:४२