८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कामका लागि गठवन्धन होइन वलियो पार्टीको सरकार चाहिन्छ नेपालमाः महासचिव पोखरेल


३० पुस, काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको ६ महिना व्यर्थ भएको बताएका छन । सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी लेख्दै उनले पहिलो तीन महिना मन्त्रिपरिषद विस्तारमा र थप तीन महिना पुराना नियुक्तिहरु खारेज गरेर सरकारले समय खेर फालेको बताएका छन ।

उनले नेपालमा काम गर्ने नै हो भने गठवन्धन होइन वलियो पार्टीको सरकार चाहिने पनि बताएका छन । महासचिव पोखरेलले भनेका छन, ‘तीन महिना मन्त्रिपरिषद विस्तारमा र थप तीन महिना पुराना नियुक्तिहरु खारेज गर्ने र नयाँ नियुक्ति गर्नेकुरामै व्यतित भो गठवन्धन सरकारको ६ महिना । कामका लागि त गठवन्धन होइन वलियो पार्टीको सरकार चाहिन्छ नेपालमा ।’

प्रकाशित मिति : ३० पुष २०७८, शुक्रबार १४:२९