६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क कसैले तिर्नुपर्दैनः मन्त्री पाैडेल (भिडियोसहित)


२९ पुस, काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिएको बिषयमा सर्वपक्षीय छलफल  गर्ने भएका छन ।

बिहीबार काठमाडौँको सिनामंगस्थित काठमाडौं मेडिकल कलेज पुगेर बिद्यार्थीहरुको आन्दोलनका बारेमा जानकारी लिदै मन्त्री पौडेलले शुल्कका बिषयमा शुक्रबार सर्वपक्षिय छलफल गर्ने जानकारी दिएका हुन । सो क्रममा बिद्यार्थीहरुले कलेजमा बढ्ने वातावरण नवनेको र आन्दोलन गर्नुपरेको जानकारी गराएका थिए ।

त्यस्तै बिद्यार्थीहरुले आयोगले तोकेभन्दा बढि शुल्क कलेजले मागेको बताएका थिए । त्यस्तै कलेजले पानी बिजुली र इन्टरनेट बाहेक १२ हजार रुपैया होस्टेलका लाथि थप मागेको पनि जनाए । सो क्रममा मन्त्री पौडेलले तोके भन्दा बढि शुल्क तिर्नु नपर्ने बताएका छन ।

आन्दोलनरत विद्यार्थीहरुसँगको छलफलपछि मन्त्री पौडेल कलेज प्रशासनमा पुगेका हुन । सो क्रममा कलेजका सञ्चालकले सम्झौतापत्र भन्दा बढि शुल्क नलिएको दावी गरेका थिए । उनीहरुले चिकित्सा शिक्षा ऐनमाथि टेकेर सम्झौता गरिएको र आयोगबाट अनावश्यक दवाव दिएकाले अहिलेको परिस्थीति सिर्जना भएको बताएका थिए । मन्त्री पौडेलले बिद्यार्थीहरुलाई नियमबिपरितको दवाव नदिन निर्देशन दिएका थिए ।

द्यार्थीहरुले आन्दोलन गरेकै कारण आफूहरुको अंक काट्ने चेतावनी आफुहरुलाई दिएको गुनासो पनि गरेका छन् । तोकेकोभन्दा बढी शुल्क मागेको भन्दै काठमाडौं मेडिकल कलेज लगाएतका केहि कलेजका बिद्यार्थीहरु आन्दोलित भएपनि शिक्षामन्त्री पौडेलले चासो देखाएका हुन ।

प्रकाशित मिति : २९ पुष २०७८, बिहीबार २०:०४