१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

सुनकाे मूल्य ताेलामा ३०० ले बढ्यो, यस्ताे छ आजकाे सु्नचाँदीकाे बजार भाउ


२९ पुस, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको पाइन्छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार५०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार निर्धारण भएको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने बुधबार छापावाल सुन तोलाको ९२ हजार२०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि प्रतितोला १२ सय ५५ रुपैयाँ कायम भएको छ ।बुधबार चाँदीको भाउ प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २९ पुष २०७८, बिहीबार ११:२२