८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर


७ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ १७ पैसा र बिक्री दर ११८ रुपैयाँ ७७ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ९० पैसा र बिक्री दर १३४ रुपैयाँ ५८ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ६२ पैसा र बिक्री दर १६१ रुपैयाँ ४४ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ ३३ पैसा र बिक्री दर १२८ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ १० पैसा र बिक्री दर ८५ रुपैयाँ ५३ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ १५ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ २२ पैसा र बिक्री दर १० रुपैयाँ २८ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ५४ पैसा र बिक्री दर १८ रुपैयाँ ६३ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ४८ पैसा र बिक्री दर ३१ रुपैयाँ ६४ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ४६ पैसा र बिक्री दर ३२ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ २८ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८७ पैसा र बिक्री दर ९ रुपैयाँ ९२ पैसा कायम भएको छ ।

प्रकाशित मिति : २७ पुष २०७८, मंगलवार १२:४३